काठमाडौं- प्रतिनिधसभाको उपसभामुख पदमा उम्मेदवार तोक्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बस्ने भएको छ।
बैठक आज बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। सत्ता साझेदार दलबीचको भागबन्डामा उपसभामुख रास्वपाको भागमा परेको हो। रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना छ।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन्। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदै छ।
प्रतिनिधिसभाको सभाभुख भने हिजै सत्ता गठबन्धनका तर्फबाट एमाले सांसद देवराज घिमिरे सभामुखमा विजयी भएका हुन्।