मंगलबार, साउन ७, २०८२

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

प्रदेशसभामा कायम कुल ८७ मध्ये ५७ सांसदले गिरीको पक्षमा मतदान गरे भने विपक्षमा २८ मत परेको थियो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। बिहीबार प्रदेशसभाको प्रथम अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्।

प्रदेशसभामा कायम कुल ८७ मध्ये ५७ सांसदले गिरीको पक्षमा मतदान गरे भने विपक्षमा २८ मत परेको थियो। मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७  सदस्यले पक्षमा मतदान गरेका थिए।  विपक्षमा कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो।

प्रकाशित: Jan 19, 2023| 16:52 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...