मंगलबार, साउन ७, २०८२

सभामुखको निर्वाचनमा यी हुन् अनुपस्थित सांसद

उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- संघीय प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे एक सय ६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सांसद ईश्वरी न्यौपानेलाई ६७ मतले पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन्।

प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रियामा पाँच जना सांसद अनुपस्थित रहेका छन्। संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन्। 

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए। घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ। बैठकमा २६८ सांसद उपस्थित थिए। 

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए। घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो। 

प्रकाशित: Jan 19, 2023| 16:40 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...