मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुख निर्वाचनमा गठबन्धन टुटाउन नसकेपछि अबको मिसन राष्ट्रपति : नेता भण्डारी

सभामुख निर्वाचनमा गठबन्धन टुटाउन नसकेपछि अबको मिसन राष्ट्रपति : नेता भण्डारी

सरकार बनाउने बेला एमालेले कांग्रेसहितको गठबन्धन टुटाएकाले अहिलेको सत्ता गठबन्धन टुटाउने प्रयास गर्नु अनौठो नहुने नेता भण्डारीको दाबी।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– सांसद चन्द्र भण्डारीले कांग्रेसले सभामुखलाई अगाडि सारेर सत्तारुढ गठबन्धन टुटाउन गरिएको प्रयास सफल नभए पनि अबको मिसन राष्ट्रपति निर्वाचन केन्द्रित हुने प्रस्ट पारेका छन्।

बिहीबार संघीय सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै नेता भण्डारीले सञ्चारकर्मीसँग सरकार बनाउने बेला एमालेले कांग्रेसहितको गठबन्धन टुटाएकाले अहिलेको सत्ता गठबन्धन टुटाउने प्रयास गर्नु स्वाभाविकै भएको बताएका हुन्।

नेता भण्डारीले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं। त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुटाउने भनेर सोच्ने हो। पहिला हामी माओवादीसहित ५ वटा पार्टी गठबन्धनमा गयौं। सरकार बनाउने बेला त्यो गठबन्धन टुट्यो। जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन लागिरहन्छ। यो निरन्तर प्रक्रिया हो।’ सभामुख नपाए पनि राष्ट्रपति र गठबन्धन टुटाउने मिसन सफल हुने उनले ठोकुवा गरे।

प्रकाशित: Jan 19, 2023| 16:36 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...