मंगलबार, साउन ७, २०८२

सदनमा कुर्लिए सीके राउत, मधेसी र थारुलाई भित्तामा नधकेल्न चेतावनी

नेता राउतले मधेसीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति अनर्थ हुने र दल एवं वर्गीय संकीर्णताबाट माथि उठेर देशका लागि काम गर्न उनले ठूला दलहरुलाई सुझाव दिएका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुरा नगर्न सदनमा उपस्थित सबै राजनीतिक दलका नेतालाई चेतावनी दिएका छन्। 

बिहीबार सभामुख चयनका लागि चलिरहेको प्रतिनिधिसभा बैठकमा नेता राउतले मधेसीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति अनर्थ हुने र दल एवं वर्गीय संकीर्णताबाट माथि उठेर देशका लागि काम गर्न उनले ठूला दलहरुलाई सुझाव दिएका हुन्।

देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमति आवश्यक रहेको र मधेसवादी दललाई बाहिर राखेर गरिने कुनै पनि निर्णय अमान्य उनले उनको धारणा छ। अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न उनले सत्तापक्ष र प्रतिपक्ष सबैसँग आग्रह गरे।

‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ। राष्ट्रिय सहमतिका लागि कुरा ल्याइयो। यो पदका लागि मात्रै हो कि?  देशको संकटका लागि पनि राष्ट्रिय सहमतिको कुरा गरिनुपर्छ। पदको लागि मात्रै किन कुरा? मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति हुँदैन।’

मन्त्रालय बाँडफाँटलाई लिएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति रिसाएको जनमतले एमाले उम्मेदवार देवराज घिमिरेलाई सघाउने भएको पार्टी अध्यक्ष राउतले बताए। सांसद राउतले मधेस आन्दोलनमा मृत्यु भएकालाई राज्यले सहिद घोषणा गरे पनि संसद्ले नसम्झिएको भन्दै चित्त दुखाए।

म्धेस प्रदेशमा आज मनाइँदै गरेको मधेस बलिदानी दिवस अवसरमा सांसद राउतले बोलिरहेका बेला संघीय सदनमा एक मिनेट मौन धारणका लागि सांसदहरूलाई आग्रह गरे। उनले रोस्ट्रममै उभिएर मौन धारण गर्दा सुरुमा मधेस केन्द्रित दलका सांसद मात्र उठेका थिए भने त्यसपछि अन्य सांसद, मन्त्रीहरुसमेत उठेर मधेस आन्दोलनमा निधन भएका सहिदप्रति १ मिनेट मौन धारण गरे।

प्रकाशित: Jan 19, 2023| 14:38 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...