काठमाडौं– कांग्रेस नेता एवं सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई निर्देशन दिने प्रणालीले संघीयता र राजनीतिक स्थिरतालाई हानि पु¥याउने बताएका छन्। बिहीबार संघीय संसद्को बैठकमा बोल्दै नेता निधिले यस्तो बताएका हुन्।
एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने धारणाले सबै झस्किएको दाबी गरे। अहिलेको संविधानले ग्रहण गरेको प्रणालीमा कार्यपालिकाभन्दा माथि कसैले निर्देशन दिन नमिल्ने निधिले बताए।
प्रधानमन्त्रीले संसद्लाई आफूखुसी चलाउन सक्ने अधिकार रहेको दाबी गर्ने अध्यक्ष ओली भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको उनको भनाइ छ। नेता निधिले कांग्रेसबाट सभामुखको प्रत्यासी रहेकी ईश्वरीदेवी न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको बताए । जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेकाले संसद्ले पूर्ण आयु काम गर्नुपर्ने ग्यारेन्टी हुनुपर्नेमा उनले जोड दिए।