काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले राजनीतिलाई धमिल्याउन पार्टीले कहिल्यै ढोक्सा नथाप्ने दाबी गरेका छन्। माछा र ढोक्साको कथा हालेर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा राख्ने प्रयास गरेको उनले बताएका हुन्।
बिहीबार कांग्रेसबाट सभामुख पदको प्रत्यासी ईश्वरी न्यौपानेको पक्षमा मत माग्दै शर्माले सदनमा यस्तो बताएका हुन्। सात दलीय संयन्त्रमा ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नचिन्ने महामन्त्री शर्माले दाबी गरे।
उनले भने, ‘२०७४ मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले चिन्दैन भन्नुभयो। तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ। संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयो? देशका प्रधानमन्त्रीलाई पिँजडामा पार्न?
महामन्त्री शर्माले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकैले कांग्रेसले आधा अकास ढाक्ने महिला नेतृ न्यौपानेलाई सभामुखमा अगाडि सारेर राजनीतिक इमानमा चल्न खोजेको दाबी गरे।