मंगलबार, साउन ७, २०८२

'कांग्रेसले सरकार चलाउन नपाए पनि सदन चलाउन पाउनुपर्छ'

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सहिदहरू र प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई र नेपालका विभिन्न भूभागलाई सम्झँनै संसद्मा पहिलो सम्बोधन गरेका छन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सहिदहरू र प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई र नेपालका विभिन्न भूभागलाई सम्झँनै संसद्मा पहिलो सम्बोधन गरेका छन्।

उनले सबै भूगोललाई बुझेकी कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुखमा प्रस्ताव गर्न चाहेको बताए। संविधान निर्माण गर्दै न्यौपानेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि उनले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको प्रस्ट पारेका छन्। शक्ति सन्तुलनको हिसाबले पनि कांग्रेसको सभामुखमा दाबी स्वाभाविक भएको र सबैको साथ पाउने उनले विश्वास व्यक्त गरे।

सबैभन्दा ठूलो दलले मुलुक चलाउन पाउने भए पनि विभिन्न कारणले त्यो हुन नसकेको अवस्थामा शक्ति सन्तुलनका लागि कांग्रेस उम्मेदवार न्यौपानेलाई सभामुखमा विजयी गराउन उनले आग्रह गरे।

प्रकाशित: Jan 19, 2023| 12:18 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...