मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अभियुक्त सांसदलाई प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने ग्यारेन्टी गर्छु: गृहमन्त्री

अभियुक्त सांसदलाई प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने ग्यारेन्टी गर्छु: गृहमन्त्री

संसद् बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले प्रक्रिया पुर्‍याएर अभियुक्त सांसदलाई पक्राउ गरिने बताएका छन्। संसद् बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। कसैको दबाब र प्रभावमा नपरी कानुनको परिधिमा रहेर आफूले काम गर्ने उनले बताए।  

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि गृहमन्त्रीले त्यसको जवाफ दिएका हुन्।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै आपत्ति जनाएका थिए। हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको आफूले सुनेको भन्दै उनले उनीको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेरमात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे। 

खतिवडाले प्रश्न गर्दै भने, ‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुने बेलामा यस संसदमा हत्याको अभियोग लागेका सांसद पनि यही भित्र छन् भन्ने सुनिन आएको छ। सभामुख महोदय, म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी चिन्दैनौं उहाँ यहाँ भित्र हुनुहुन्छ वा हुनुहुन्न। यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु।’

महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।

गृहमन्त्री रवि लामिछानेले पटक पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

प्रकाशित: Jan 19, 2023| 12:08 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...