मंगलबार, साउन ७, २०८२

एमाले मधेस प्रदेशमा पुनः अधिवेशनको चर्चा

एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

महोत्तरी- एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।

निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुनः अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो। लामो विवादका कारण ७७ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरी र मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन।

मधेस प्रदेशबाट १५ चैतभित्र महोत्तरीको अधिवेशन सक्न निर्देशन दिने निर्णय भएको प्रदेश सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए।

त्यस्तै, प्रदेशको अधिवेशन पनि चैत मसान्तभित्र सम्पन्न गर्ने गरी एमालेले गृहकार्य सुरु गरेको छ। ‘पहिले जस्तो विवाद नभएकाले निर्धारित समयमै अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ सचिवालय सदस्य शर्माले भने।

बुधबार बर्दिबासमा भएको एमाले मधेस प्रदेश सचिवालयको बैठकले विभिन्न चार विषयलाई प्राथमिकतामा राखेको छ। महोत्तरीको अधिवेशन १५ चैतमा र प्रदेशको अधिवेशन मसान्तसम्म सकाउने, १० माघसम्म सवै जिल्लाको पूर्ण बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

आसन्न स्ववियु निर्वाचनको लागि पनि एमालेले आफ्ना विद्यार्थी संगठनलाई सक्रिय बनाउने भएको छ। विद्यार्थी संगठनहरुलाई गतिशील बनाई मधेस प्रदेशका क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि गहन गृहकार्य गर्ने निर्णय भएको प्रदेश सचिवालयले जनाएको छ। 

मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको सरकारको विषयमा समेत छलफल गरेको छ। यसअघि सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाइसकेको एमालेले थप सामाजिक विकास मन्त्रालय र वन मन्त्रालय दाबी गर्दै आएको छ।

प्रकाशित: Jan 19, 2023| 10:20 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...