काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन्। आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रवक्ता तोकेको हो।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ। मन्त्री शर्मा हिजो मंगलबारमात्र मन्त्री नियुक्त भएकी थिइन्। यसअघि अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका थिए।