मंगलबार, साउन ७, २०८२

प्रदेश सभामुख निर्वाचनमा प्रतिपक्षीविहीन बन्यो मधेस

बुधबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यले विश्वासको मत दिएपछि सभा प्रतिपक्षीविहीन हुन पुगेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले १०७ सदस्यीय प्रदेशसभामा १०२ जनाको विश्वासको मत पाएका छन्। प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका छन्। 

१०७ सदस्यीय प्रदेशसभामा १०२ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए। प्रदेशसभामा हाल १०५ सांसद छन्। सपथ विवादका कारण माओवादीका २ प्रदेशसभा सदस्यले मत हाल्न पाएनन्। 

बुधबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यले विश्वासको मत दिएपछि सभा प्रतिपक्षीविहीन हुन पुगेको हो।

मुख्यमन्त्री यादवलाई जसपाका १६, एमालेका २३, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिए।

मधेस प्रदेशको दोस्रो ठूलो दल कांग्रेसले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ। प्रदेशसभामा प्रतिपक्षमा बस्ने गरी कांग्रेसका २२ जना र नेकपा एसका ७ प्रदेशसभा सदस्यले पनि यादवलाई  विश्वासको मत दिए।  

२७ पुसमा ६३ प्रदेशसभा सदस्यको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जसपा संसदीय दलका नेता रहेका मुख्यमन्त्री यादवले गत २९ पुसमा गोपनीयताको सपथ लिएका थिए।

प्रकाशित: Jan 18, 2023| 16:57 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...