काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखको निर्वाचनका लागि उम्मेदवारी दिएकी छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।
न्यौपानेलाई माधव नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन्।