मंगलबार, साउन ७, २०८२

मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेसको मत

बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– २६ पुसमा सात दलीय गठबन्धनबाट संघीय प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रदेशमा पनि त्यसलाई निरन्तरता दिँदै आएको छ। हालसम्म सात दलीय गठबन्धनको नेकपा माओवादी केन्द्रको कोटा मुख्यमन्त्री भएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई विश्वासको मत दिएको कांग्रेसले मधेस प्रदेशमा पनि सोही प्रक्रिया अपनाउने भएको छ।

जसपाबाट मधेस प्रदेशको मुख्यमन्त्री भएका सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दिइने बताएको हो। आजै मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्।

प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिइने बताए। जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने उनको भनाइ छ।

बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

प्रकाशित: Jan 18, 2023| 14:57 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...