काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्को सभामुख पदका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखमा न्यौपानेको उम्मेदवारीलाई सदर गरेको हो।
न्यौपानेको उम्मेदवारीको औपचारिक निर्णय गर्न अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।कांग्रेसले नेकपा एस, जसपा, लोसपालगायतका सत्ता पक्षीय दलसँग सभामुखको उम्मेदवारीबारे अहिले सिंहदरबारमा छलफल गरिरहेको छ।
कांग्रेसले सभामुखका लागि सरकारलाई समर्थन दिँदै आए पनि असन्तुष्ट पार्टीको समर्थनमा सभामुखको मनोनयन दर्ता गराउने बताइएको छ। यसअघि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका थिए।