मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सीके राउतले मागे थप एक मन्त्रालय, नमाने सरकारलाई दिएको समर्थन फिर्ता

सीके राउतले मागे थप एक मन्त्रालय, नमाने सरकारलाई दिएको समर्थन फिर्ता

अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– सत्तारुढ दलबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीलाई सुम्पिइने निर्णय भए पनि खानेपानी मन्त्रालय दिइएपछि रुष्ट बनेका अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग थप अर्को मन्त्रालय मागेका छन्। 

अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।

जनमतले खानेपानी मन्त्रालय अस्वीकार गरेकै कारण मन्त्री खान दुई दिनदेखि सिंहदरबार पसेका छैनन्। मन्त्री खानले थप एउटा मन्त्रालय पाए खानेपानीसहित दुई मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको बताए।

प्रधानमन्त्री प्रचण्डले जनमतलाई खानेपानीको सट्टा वन मन्त्रालय दिन चाहे पनि उसले दुइटै मन्त्रालय मागेको छ। पार्टीले एउटा मात्र मन्त्रालय दिइए उद्योग, वाणिज्य प्रकृतिको कुनै अर्को मन्त्रालय दुइटा दिने भए खानेपानी र वन मन्त्रालय माग गर्दै आएको हो।

मन्त्री खानले मन्त्रालयको भागबन्डा मिले सरकारमा सहभागी हुने र नभए समर्थन फिर्ता लिने अवस्था रहेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए। जनमत पार्टीले केन्द्रीय समिति बैठक आजै बस्दै छ।

प्रकाशित: Jan 18, 2023| 13:32 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...