मंगलबार, साउन ७, २०८२

कांग्रेसले सभामुखका लागि प्रधानमन्त्रीको धारणा कुर्ने

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा कुर्ने भएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले हिजो सर्वदलीय बैठक राख्नुभएको थियो। बैठकपछि उहाँहरुले केही निर्णय लिनुभएको होला। हामी प्रधानमन्त्रीको धारणा कुरिरहेका छौं। त्यसबेलासम्म अन्य दलसँग पनि सहयोगका लागि छलफल गर्छौं। एक दुई घन्टा समय बाँकी छ। कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीभित्र मोटामोटी सहमति भएको छ,’ महतले सञ्चारकर्मीसँग भने।

यसैबीच, कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने तयारी गरेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले सकेसम्म सर्वसम्मतिबाट उम्मेदवार चयन गर्ने, नभए न्यौपानेलाई अघि सार्ने भएको हो। तर कांग्रेसले औपचारिक निर्णय गरेको छैन। सभामुखका लागि कांग्रेस नेताहरू अन्य दलसँग परामर्श सुरु गरेका छन्। सभामुख चयनकै लागि कांग्रेस संसदीय दलको बैठक बैठक १ बजे सिंहदरबारमा बस्दैछ।

बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। देउवा, नेपाल र यादवबीच सभामुख, उपसभामुख, राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए।

प्रकाशित: Jan 18, 2023| 13:26 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...