मंगलबार, साउन ७, २०८२

स्वार्थ बाझिने आशंका उठेपछि श्रममन्त्रीले दिए यस्तो प्रष्टीकरण

सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी उनले गरेका छन्।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका डोलप्रसाद अर्यालले आफूमाथि उठेका प्रश्नबारे प्रष्टीकरण दिएका छन्। सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी उनले गरेका छन्।

अर्याल श्रममन्त्री बनेलगत्तै उनी म्यानपावर व्यवसायी रहेको र स्वार्थको द्वन्द्व हुने भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसै सम्बन्धमा उनले फेसबुकमा नोट लेखेका हुन्। उनले आफू अरु थुप्रै व्यवसायमा आवद्ध रहे पनि म्यानपावरमा प्रत्यक्ष संलग्न नरहेको बताएका छन्।

उनले भनेका छन्-
म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै,आबद्ध ,संलग्न ,सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु। म गाउँको सामान्य परिवारको मान्छे। थोरै थोरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामूहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे। देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन। म कृषि फार्ममा  छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेशन कन्सलटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु। 

यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु। तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर  "इन्टरनेशनल मार्केटिङ डाइरेक्टर" को पद लेखिदिए तर हटाइदिन भुले । तर त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भएपछि त झन् कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाइटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणित गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस् मबाट कहिले कुन कुन गैरकानुनी काम भयो? मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्ये एक हो।

मबाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैरकानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु। समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेसले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिएँ। खैर जे होस्, मलाई प्रेस जगतसँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ। र  मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा  ऐतिहासिक कामहरु हुने छ्न्। कृपया  अहिले जस्तै तपाईंहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउँला। यो मेरो वाचा र चुनौती भयो। यो लामो स्पष्टोक्तिबाट आफूलाई स्वाद लागेको हेडलाइन हालेर "पेल्ने" अधिकार यहाँहरुलाई नै दिन्छु। म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हस्  अब अब काममा लाग्छु।


प्रकाशित: Jan 18, 2023| 13:24 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...