काठमाडौं- नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।
कांग्रेसले उम्मेदवार भने टुंगो लगाएको छैन। सभामुखको मनोनयन दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि समय तोकिएको छ। मतदान बिहीबार हुनेछ।
प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार तय गर्ने कांग्रेसका एक पदाधिकारीले बताए। उपसभामुख अर्को दलबाट र महिला-पुरुष मिलाउनुपर्ने भएकाले उम्मेदवार टुंगो नलगाइएको हो।
सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार बन्ने भएका छन्।