नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजे धुम्बाराहीस्थित अस्थायी निवासमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
बैठकमा सभामुखमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल हुने बताइएको छ। आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख पनि सहमतिमा चयन गर्नुपर्ने बताएका थिए।