मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वदलीय बैठक: प्रधानमन्त्रीले दिए सबैलाई धन्यवाद, राष्ट्रपति र सभामुखबारे छलफल गर्न कांग्रेस तयार

सर्वदलीय बैठक: प्रधानमन्त्रीले दिए सबैलाई धन्यवाद, राष्ट्रपति र सभामुखबारे छलफल गर्न कांग्रेस तयार

बैठकपछि नवनियुक्त सञ्चारमन्त्री तथा माओवादी नेतृ रेखा शर्माले आजको बैठक धन्यवाद बैठक भएको प्रतिक्रिया दिइन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिने सबै दललाई धन्यवाद दिएका छन्। बालुवाटारमा मंगलबार साँझ सर्वदलीय बैठक डाकेका प्रधानमन्त्रीले कांग्रेसलगायत सबै दललाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गरेका हुन्।

बैठकपछि नवनियुक्त सञ्चारमन्त्री तथा माओवादी नेतृ रेखा शर्माले आजको बैठक धन्यवाद बैठक भएको प्रतिक्रिया दिइन्। 

यसैबीच कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्ता पक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरुमा छलफल गर्न तयार रहेको बताएको छ। सर्वदलीय बैठकमा कांग्रेसले यस्तो धारणा राखेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले कांग्रेस प्रतिनिधिसभाको प्रतिपक्षी दल भए पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो रहेको जानकारी गराएको बताए। उनले  भने, 'प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दैगर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौं। प्रधानमन्त्रीले यी पदहरुमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नु भएको छ।'

बैठकमा कांग्रेसले विश्वासको मत दिए पनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो।

प्रकाशित: Jan 17, 2023| 19:00 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...