बुधबार, साउन ८, २०८२

सबैभन्दा बढी मन्त्री बागमतीबाट, तीन प्रदेशबाट एक-एक जनामात्रै

सरकारमा एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री र ३, रास्वपा र राप्रपाले क्रमश: ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाएका छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गर्दै २३ सदस्यीय पुर्‍याएका छन्। संवैधानिक व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन पाइँदैन, अब प्रचण्डले २ जनासम्म मन्त्री थप्न सक्छन्।

सरकारमा एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री र ३, रास्वपा र राप्रपाले क्रमश: ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाएका छन्। माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पनि पाएका छन्। मन्त्रिपरिषद्मा २३ मध्ये १९ नयाँ अनुहार छन् भने ४ जना मात्रै मन्त्री दोहोरिएका छन्। २३ मन्त्रीमध्ये १७ पुरुष र ६ महिला छन्। १ मुस्लिम मन्त्री बन्दा दलित समुदायबाट कसैले पनि फुल मन्त्री पाएनन्। दलित क्लस्टरबाट सुशीला श्रीपालीलाई माओवादीले राज्यमन्त्री पठाएको छ। राष्ट्रियसभा सदस्य विमला राई पौडेललाई सरकारले परराष्ट्रमन्त्री बनाएको छ। राष्ट्रपति विद्या भण्डारी निकट पौडेल प्रदेश १ की हुन्।

प्रदेश संरचनाअनुसार सबैभन्दा बढी मन्त्री बागमतीले पाएको छ। बागमतीबाट प्रधानमन्त्री र १ राज्यमन्त्रीसहित ८ मन्त्री बन्दा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश उपेक्षामा परेका छन्। दोस्रोमा प्रदेश १ ले ५ मन्त्री पाएको छ। यी दुई प्रदेशले पाएको मन्त्रीको संख्या आधाभन्दा बढी हो। यी तीन प्रदेशबाट १-१ जना मात्रै मन्त्री बनेका छन्। लुम्बिनीले ४ र मधेशले २ मन्त्री पाएको छ। 

यस्तो छ प्रदेशअनुसार मन्त्रीको संख्या

प्रदेश १
राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारीमन्त्री 

सुदन किराती, पर्यटनमन्त्री

अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री

विमला राई पौडेल, परराष्ट्रमन्त्री

मधेस 
भगवती चौधरी, महिला बालबालिकामन्त्री 

हरि उप्रेती, रक्षामन्त्री

बागमती 
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री

रवि लामिछाने, गृहमन्त्री

नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री

डोलप्रसाद अर्याल, श्रममन्त्री 

शिशिर खनाल, शिक्षामन्त्री 

विक्रम पाण्डे, सहरी विकासमन्त्री

तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री 

दिपकबहादुर सिंह, सहरी विकास राज्यमन्त्री

गण्डकी 
पदम गिरी, स्वास्थ्यमन्त्री

लुम्बिनी  
अब्दुल खान, खानेपानी (शपथ बहिष्कार)

रेखा शर्मा, सञ्चारमन्त्री 

ध्रुवबहादुर प्रधान, कानुनमन्त्री 

सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री

कर्णाली 
ज्वालाकुमारी साह, कृषिमन्त्री

सुदूरपश्चिम
दामोदर भण्डारी, उद्योगमन्त्री

प्रकाशित: Jan 17, 2023| 17:49 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...