काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। मंगलबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।
प्रदेशसभामा रहेका ७ वटा राजनीतिक दलमध्ये ३ सिटे नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले उनलाई विश्वासको मत दिए। उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिए।
मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए। प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ।