बिहीबार, साउन ९, २०८२

मन्त्रालय साटफेरपछि रिसायो जनमत

गठबन्धनको मन्त्री बाँटफाँट सूचीमा जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भए पनि मंगलबार मन्त्रिपरिषद् विस्तारमा खानेपानी मन्त्रालय दिइएपछि शीतलनिवासको सपथ वहिष्कार।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– सात दलीय गठबन्धनमा सहभागी सीके राउत नेतृत्वको जनमत पार्टीले ११ पुसको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीय मन्त्री पायो। जनमतबाट अब्दुल खानले मन्त्रीको कार्यभार सम्हाल्दै आएका छन्।

गठबन्धनको मन्त्री बाँटफाँट सूचीमा जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति सात दलीय संयन्त्रमा बनेको थियो। तर मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएपछि उसले शीतलनिवासको सपथ वहिष्कार गरेको छ।

खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न नगएका हुन्। पार्टीसँग छलफल नगरी मन्त्रालय बाँडफाँट गरिएकाले दलको असहमति रहेको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीसँग पार्टी अध्यक्षले गरेको सहमतिअनुसार भएन। मागेको मन्त्रालय दिइयो।’

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार नसम्हाल्ने उनले बताए। जनमत पार्टीले मागेको उद्योग मन्त्रालय एमालेको पोल्टामा गएको छ।

प्रकाशित: Jan 17, 2023| 16:29 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...