बुधबार, साउन ८, २०८२

प्रचण्ड सरकार, चार उपप्रधानमन्त्रीको भार

प्रचण्ड सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एक जना उपप्रधानमन्त्री नियुक्त भएका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। अघिल्लो शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकारमा एक जना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन्। तर पछिल्लो सात दलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एक जना उपप्रधानमन्त्री नियुक्त भएका हुन्। एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।

जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ। यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ।गृहमन्त्री रवि लामिछानेले विगतमा आफू सञ्चारकर्मी हुँदा टेलिभिजनमा ठूल्ठूलो स्वरमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए।

तर अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन्। विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो।

प्रकाशित: Jan 17, 2023| 13:42 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...