बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन

कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

हेटौंडा- कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए।

बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ। सत्ता साझेदार दलसँग बहुमत रहेको छ। 

बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा निर्वाचित बहादुरसिं लामालाई बधाई दिने निर्णय गरेको छ।

त्यस्तै, १ माघमा पोखरामा भएको यति एयरलाइन्सको प्लेन दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहात उपलब्ध गराउँदै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्युनिकरण गरि शुन्यमा झार्ने ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले जानकारी दिए।

प्रकाशित: Jan 17, 2023| 13:17 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...