बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले दलीय सहमतिमा सभामुख र राष्ट्रपति चयन गर्ने आश्वासन दिएको कांग्रेस प्रवक्ताको खुलासा

प्रधानमन्त्रीले दलीय सहमतिमा सभामुख र राष्ट्रपति चयन गर्ने आश्वासन दिएको कांग्रेस प्रवक्ताको खुलासा

संवैधानिक पद मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले दिएको वचन पूरा हुनेमा कांग्रेस आशावादी रहेको महतको तर्क।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिबद्धता कांग्रेसलाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले खुलासा गरेका छन्। 

समग्र देश र संसद्को प्रतिनिधित्व गर्नुपर्ने भएकाले ती पदको निर्वाचन पनि दलबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले कांग्रेससँग प्रतिबद्धता जनाएको प्रवक्ता महतले बताएका हुन्। 

विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेत देखिएकाले त्यस्तो हुन नदिन पनि कांग्रेसले  राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाको नेतृत्व चयन दलबीच सहमतिमा हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको उनको तर्क छ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख महत्त्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको उनले औंल्याए।संवैधानिक पद मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले दिएको वचन पूरा गर्नेमा कांग्रेस आशावादी रहेको उनको भनाइ छ। 

राज्यका महत्त्वपूर्ण पदमा हुने निर्वाचनका लागि कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सबै दलसँग छलफल अघि बढाउने निर्णय गरेको उनको दाबी छ।

प्रकाशित: Jan 17, 2023| 13:15 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...