बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा अध्यक्ष लिङ्देन मन्त्रीको भाग खान गएपछि रिसाए समर्थक तथा शुभेच्छुक

राप्रपा अध्यक्ष लिङ्देन मन्त्रीको भाग खान गएपछि रिसाए समर्थक तथा शुभेच्छुक

राप्रपा अध्यक्ष लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि सरकारमा जाने निर्णय गरेकामा प्रस्टीकरण दिएका छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौ– सत्तारुढ सात दलीय गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि सरकारमा जाने निर्णयमा प्रस्टीकरण दिएका छन्।

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रूपमा लिङ्देनले सपथ लिनेछन्। 

लिङ्देनले मन्त्री बन्ने निर्णयलाई लिएर असन्तुष्ट  आफ्ना समर्थकलाई धीरता राख्न अनुरोध गरेका छन्। ‘आफ्ना समर्थक तथा शुभेच्छुकको ठूलो पंक्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगें, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भवजस्तो लागे पनि म खरो उत्रनेछु! धैर्य र सहयोगका लागि अपिल गर्दछु,’ उनले भनेका छन्।

राप्रपा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनसहित धु्रवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्रीको सपथ लिँदै छन्।

प्रकाशित: Jan 17, 2023| 12:53 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...