बुधबार, साउन ८, २०८२

आज मन्त्री बनेका १६ मध्ये १५ अनुहार नयाँ

सोमबारको सहमतिअनुसार एमालेले ४, माओवादीले ४, रास्वपाले ३, राप्रपाले ४ र जनमतले १ गरी १५ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– सात दलीय गठबन्धन दलले आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।

सोमबारको सहमतिअनुसार एमालेले ४, माओवादीले ३, रास्वपाले ३, राप्रपाले ४ र जनमतले १ गरी १६ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका हुन्। मन्त्रीका लागि आज सत्ता साझेदार दलले पठाएका १६ नाममध्ये १५ अनुहार नयाँ हुन्।

एमालेले सुनसरीकी भगवती चौधरी (मन्त्रालय टुंगो नलागेको), पर्वतका पदम गिरी (स्वास्थ्य), सर्लाहीका हरि उप्रेती (टुंगो नलागेको) र विमला राई पौडेल (परराष्ट्र) मन्त्रीमा पठाएको छ। यी सबै पहिलो पटक मन्त्री बन्न लागेका हुन्। एमालेबाट यसअघि विष्णु पौडेल अर्थ, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई (टुंगो नलागेको) र दामोदर भण्डारी (उद्योग) मन्त्री भइसकेका छन्।

माओवादी केन्द्रले पनि आज मन्त्रीका लागि पठाएका तीन नाम पहिलो पटक मन्त्री बन्न लागेका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले रेखा शर्मा (सञ्चार), सुदन किराँती (पर्यटन) र अमनलाल मोदी (सामान्य प्रशासन) मा पठाएका हुन्। यस्तै सुशीला श्रीपालीको नाम पर्यटन राज्यमन्त्रीमा पठाइएको छ। प्रधानमन्त्री र चार मन्त्रालय पाएको माओवादीबाट यसअघि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो भागमा परेका दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ। रास्वपाले शिक्षामा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीको नाम पठाएको छ। यसअघि पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

राप्रपाले उपप्रधान तथा ऊर्जामा अध्यक्ष राजेन्द्र लिङ्देन र कानुनमा ध्रुव प्रधानको नाम पठाएको छ। दीपकबहादुर सिंहको नाम सहरी विकास राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेको छ। यी तीन पनि पहिलो पटक मन्त्री बन्न लागेका हुन्। राप्रपाबाटै सहरी विकास मन्त्रीका रुपमा पठाएको नाम विक्रम पाण्डे भने सिंहदरबारमा नयाँ होइन। 

यस्तै, जनमत पार्टीले पनि आफ्नो भागमा परेको एक मन्त्रालयमा अब्दुल खानको नाम पठाएको छ। उनको मन्त्रालय टुंगो लागेको छैन। पार्टी अध्यक्ष सीके राउतले यसअघि नै मन्त्री नबन्ने घोषणा गरेकामा उनले नयाँ अनुहार सिंहदरबार पठाएका हुन्।

९ पुसको सातदलीय गठबन्धनको जन्मपछि १० गते प्रधानमन्त्रीका रुपमा प्रचण्डले सपथ ग्रहण गरेका थिए। सरकार गठन भएको २३ दिनपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ।

सत्ता गठबन्धनभित्र भागबण्डा नमिल्दा लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रिपरिपद् विस्तारका लागि सोमबार करिव चार घण्टा ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दै दलगत भागबण्डा टुंग्याएका थिए।

सोमबार नै राष्ट्रपति र सभामुखलगायत पदको पनि सत्ता गठबन्धनभित्र भागबण्डा टुंगि सकेको छ। सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।

सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ। जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्वसहमति छ। त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ। साढे दुई वर्षपछि प्रधानमन्त्री एमालेले र सभामुख माओवादीले लिनेछ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता मंगलबार हुनेछ। सभामुखका लागि एमालेमा देवराज घिमिरे, पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराई दावेदार छन्।

उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ। उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ। रास्वपामा उपसभामुखको दावेदार सोबिता गौतम हुन्। उनले पूर्वसभामुख ओनसरी घर्तीलाई हराएकी थिइन्।

प्रकाशित: Jan 17, 2023| 11:55 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...