बुधबार, साउन ८, २०८२

यस्तो बन्ने भयो प्रचण्डको मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन्।  सोमबार राति सकिएको सत्ता साझेदार दलहरुको बैठकले एमालेलाई ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरि सहमति भएको हो।

भागबण्डा अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउने भएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको छ।

यस्तो बन्ने छ प्रचण्डको मन्त्रिमण्डल

प्रधानमन्त्री- पुष्पकमल दाहाल

उपप्रधान तथा अर्थ मन्त्री- बिष्णुप्रसाद पौडेल

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री- नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा गृह मन्त्री- रवि लामिछाने

उपप्रधान तथा ऊर्जा मन्त्री- राजेन्द्र लिङदेन

मन्त्रीहरू

एमालेबाट

पदम गिरी- स्वास्थ्य

डा. विमला राई पौडेल- परराष्ट्र

हरि उप्रेती- टुंगो लाग्न बाँकी

ज्वाला कुमारी साह- कृषि

भगवती चौधरी- टुंगो लाग्न बाँकी

दामोदर भण्डारी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई- टुंगो लाग्न बाँकी

माओवादीबाट

रेखा शर्मा- सञ्चार

सुदन किराती- पर्यटन

अमनलाल मोदी- सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल- शिक्षा

डिपी अर्याल- श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे- सहरी विकास

ध्रुव प्रधान- कानून

जनमतबाट

अब्दुल खान- टुंगो लाग्न बाँकी

राज्यमन्त्री

डा. तोसिमा कार्की- स्वाथ्य राज्यमन्त्री

दिपकबहादुर सिंह- सहरी विकास

प्रकाशित: Jan 17, 2023| 11:23 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...