बुधबार, साउन ८, २०८२

जसपा तत्कालका लागि सरकारबाहिरै, पदाधिकारी बैठक आह्वान

मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार गठन भइसके पनि केन्द्रमा भागबन्डामा परेका मन्त्रालयमा चित्त नबुझेपछि पदाधिकारी बैठक राखेर छिनोफानो गरिँदै।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– सात दलीय गठबन्धनमा आबद्ध  जनता समाजवादी पार्टीले आफ्ना माग पूरा नहुन्जेल सरकारमा नजाने स्पष्ट पारेको छ। 

जसपाले सात दलीय गठबन्धन बन्दाका बखत राखेका केही माग सम्बोधन र मन्त्रालय भागबन्डादेखि अन्य नियुक्तिमा पनि सम्मानजनक सहभागिता भए मात्र सरकारमा जान सकिने पार्टी अध्यक्ष उपेन्द्र यादवले बताएका हुन्।

‘सरकारलाई विश्वासको मत दिन  मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका हों। प्रचण्डको नेतृत्वमा सरकार बनाउने र संसद्मा विश्वासको मत दिने भनी उबेला सहमति भएको हो। त्यसबाहेक अरु कुनै कुरामा सहमति भएको छैन। सहमतिबिनै सरकारमा जाने कुरा हुँदैन,’ अध्यक्ष यादवले भने।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा जसपाले राखेका केही कुरा समेटिएकाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरिएको उनको भनाइ छ।

पार्टी सरकारमा जाने विषयमा सरकारसँग थप छलफल भए मात्र यसबारे निर्णय गर्न सकिने अध्यक्ष यादवले बताए।

संघीय संसद्मा १२ सांसद रहेको जसपाले ३ वटा मन्त्रालय तथा उपराष्ट्रपतिमा दाबी गरेको छ। राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने उसको माग छ।

सरकारमा जाने/नजाने विषय निक्र्योल गर्न जसपाले काठमाडौंमा उपलब्ध पदाधिकारी बैठक बोलाएको छ। छलफल गरेर थप निर्णय गर्ने तयारी जसपाको छ।

जसपाको नेतृत्वमा मधेस प्रदेशमा सरकार गठन भइसकेको छ। केन्द्र सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र वन तथा वातावरण गरी दुई मन्त्रालय जसपाको भागमा परेका छन्। मन्त्रालय बाँडफाँटमा जसपाले असहमति दर्ज गराएको छ।

प्रकाशित: Jan 17, 2023| 10:59 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...