काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी निश्चित भएका छन्। एमालेको भागमा परेको मन्त्रालयमा पर्वतबाट निर्वाचित गिरी आउने भएका हुन्।
आज बिहान गिरीले नेपाल समयसँग भने, ‘भर्खरै जानकारी आएको छ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भन्ने। उत्साहित भएको छु र त्यहीअनुसार तयारी गरेको छु।’गिरी पहिलोपटक मन्त्री बन्न लागेका हुन्।