काठमाडौं- राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल परराष्ट्रमन्त्री बन्ने भएकी छन्। नेकपा एमालेको भागमा परेको परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो।
सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ। परराष्ट्रमा पौडेलको नाम पक्का भएको छ। पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन्। पौडेल राष्ट्रपति निकट सांसद हुन्।
एमालेले सरकारमा धेरैजो नयाँ अनुहार पठाउने भएको छ। पार्टीबाट सरकारको नेतृत्व भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन्। ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। बाँकीमा पदम गिरी, भगवती चौधरी, हरि उप्रेतीको सम्भावना छ।