बुधबार, साउन ८, २०८२

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। शपथ दिउँसो १ बजे हुने तय गरिएको छ। सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो।  

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ। जनमत पार्टीले एक मन्त्री पाउनेछ। नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन। 

प्रकाशित: Jan 17, 2023| 06:51 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...