बुधबार, साउन ८, २०८२

राष्ट्रपति र सभामुख एमालेलाई, जसपाले नपाउने भो उपराष्ट्रपति

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।

अब मंगलबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबार दिउँसो १ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ।

उच्चस्तरीय संयन्त्रको बैठकअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लामो छलफल भएको थियो। ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाका बनेको थियो, जसलाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रुप दिएको हो।

सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ। जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्वसहमति छ। त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ। साढे दुई वर्षपछि प्रधानमन्त्री एमालेले र सभामुख माओवादीले लिनेछ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता मंगलबार हुने भएको छ। सभामुखका लागि एमालेमा देवराज घिमिरे, पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराई दावेदार छन्।

सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ। उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ। रास्वपामा उपसभामुखको दावेदार सोबिता गौतम हुन्। उनले पूर्वसभामुख ओनसरी घर्तीलाई हराएकी थिइन्।

प्रकाशित: Jan 17, 2023| 03:36 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...