बुधबार, साउन ८, २०८२

मन्त्रालय भागवण्डामा ठुस्कियो जसपा, सरकारमा नजाने घुर्की

सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले स्पष्ट पारेको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डामा असहमति जनाएको छ। सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले स्पष्ट पारेको छ।

बैठकमा जसपालाई दुई मन्त्रालय प्रस्ताव गरिएकोमा जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका थिए। निर्णय मंगलबार बिहानसम्म नमिलाए तत्त्काल सरकारमा सहभागी नहुने जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई जानकारी गराएको छ।

कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने जसपाको अडान छ। जसपाले मधेस प्रदेशमा मुख्यमन्त्री पाइसकेकोले यहाँ उसलाई दुई मन्त्रालय मात्र दिने प्रस्ताव गरिएको हो।

गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ८ वटा मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री र जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको छ।

प्रकाशित: Jan 17, 2023| 03:34 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...