काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो।
यसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ। रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पनि पाउने तय भएको छ।
रास्वपाले एक राज्यमन्त्री पाएको छ। पार्टीले उपसभामुख पनि पाउने पक्का भएको सभापति लामिछानेले पार्टीका नेताहरुलाई जानकारी दिएका छन्। उपसभामुखको निर्वाचन ७ माघमा हुने तय भएको छ।