बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाले पायो उपप्रधानसहित तीन मन्त्रालय, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

राप्रपाले पायो उपप्रधानसहित तीन मन्त्रालय, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ। राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।

सहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहको नाम तय भएको छ। बाँकी एक मन्त्रीमा भने धवलशमशेर जबरा र विक्रम पाण्डेमध्ये एक हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानसहित तीन मन्त्रालय पाउने भएको छ। स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् भने यसबाहेक उसले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको छ।

प्रकाशित: Jan 17, 2023| 03:21 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...