काठमाडौ– मन्त्रालय भागबन्डा मिलाउन र मन्त्रीको नाम टुंग्याउन गरी सात दलीय गठबन्धनको बैठक केही बेरमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने बैठकले सात दललाई १७ मन्त्रालय भागबन्डा लगाउनेछ।
बालुवाटर भेलाले सरकारलाई समर्थन गर्ने सातै दलले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने बताइएको छ।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए। बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग आज मात्रै पाँच घन्टा बालकोट पुगेर छलफल गरेका थिए।