बिहीबार, साउन ९, २०८२

संघीय सभामुखका लागि खुलाइँदै मनोनयन

२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको सदनको ठूलो दल कांग्रेसले उम्मेदवार उठाए सभामुखको निर्वाचन हुने, त्यसो नभए सात दलीय गठबन्धनलाई चिठ्ठा।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– प्रतिनिधिसभा सचिवालयले सभामुखको निर्वाचन तयारी पूरा भएको जनाउ दिएको छ। मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका हुन्।

सभामुखका लागि मनोनयन दर्ता मिति बुधबारलाई तय गरिएको छ। संसद् सचिवालयले सोही दिन नै सभामुखका उम्मेदवारको सूची टाँस्नेछ। बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुने कार्यतालितका छ। सभामुखको निर्वाचन गर्दा दस्तखतसहितको मत विभाजन प्रक्रिया अपनाइने गिरीले बताए।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ। ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने तयारी छ।

सात दलीय गठबन्धनबाट एमालेको भागमा परेको सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। 

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको सदनको ठूलो दल कांग्रेसले उम्मेदवार उठाए सभामुखको निर्वाचन हुनेछ।

एक बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। जसले प्रतिनिधिसभाको कुल सदस्य संख्याको बहुमत ल्याउँछ, उक्त व्यक्ति सभामुख निर्वाचित हुनेछन्।

प्रकाशित: Jan 16, 2023| 14:53 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...