बिहीबार, असार १२, २०८२

थग्स अफ हिन्दुस्तानको पोस्टर रिलिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


यस राज फिल्मको ब्यानरमा  बनेको  ‘थग्स अफ हिन्दुस्तान’ स्टिल पोस्टर पनि रिलिज भएको छ । उक्त पोस्टरमा आमिर खान र  ‘बिग बी’ अमिताभ बच्चनले तरवार लिएका योद्धा जस्ता  देखिएका  छन् । यस बाहेक, कट्रिना कफै र फातिमा सना शेख पनि भिन्न अवतारमा देखएका छन् ।  योदा कै भुमिकामा चित्रित देखिएकी छन्ः फातिमा भने कैट्रिनालाई सुन्दरीको लुक्समा देखिएको छ । 

भत्किएको जहाजको पृष्ठभूमिमा चराहरू उडेको देखाइएको पोस्टर निकैले रूचाएका छन् । नोभेम्बर ८ मा, रिलिज हुन लागेको यस फिल्म बहुप्रतिक्षित फिल्म हो । केही वर्ष यता सोसल मेसेज बोकेका फिल्ममा देखिएका खान यसपल्ट भिन्न रोलमा देखिएका छन् । यस कारण पनि उनको फ्यानहरुको लागि यो फिल्म निकै प्रतिक्षित फिल्म हो ।  

चील र तरवारको साथमा देखिएका अभिताभ बच्चन खुर्दबम्सको भुमिका देखिएका छन् । विदेशी कलाकार लार्ड ओविन जोन क्लिभको भूमिकामा देखिनेछन् । ‘थग्स अफ हिन्दुस्तान’ को सम्पूर्ण मोसन पोस्टर रिलिज  भइसकेको छ ।

यस अघि पाँच स्टारका भिन्न भिन्ने मोसन पोस्टर रिलिज गरिएको छ ।  चलचित्रको प्रमोसनको नविन प्रयोग देखिएको छ । फिल्मका निर्देशक विजय कृष्ण आचार्य हुन् भने निमार्ता आदित्य चोपडा हुन् । फिल्मको ट्रेलर भने २७ सेप्टेम्बरमा रिलिज हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्