शनिबार, साउन ११, २०८२

सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

सुदूरपश्चिम प्रदेश सभामा शनिबार पनि सभामुख चयन हुन सकेन।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा शनिबार पनि सभामुख चयन हुन सकेन। सभामुख चयनका लागि बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएकोमा सभामुख चयन भने हुन सकेन।

हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो। सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसद तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो। ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। सभामुखको लागि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। उनले पहिलो दिन बिहीबार भएको मतदानमा २३ मत पाएकोमा हिजो भएको भएको मतदानमा २२ मत ल्याए।

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री, माओवादी केन्द्रलाई सभामुख, नागरिक उन्मुक्तिलाई उपसभामुख दिने सहमति भएको छ। तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्ति पार्टी सभामुख चयनमा भने तटस्थ बसेको छ।

प्रकाशित: Jan 15, 2023| 07:55 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...