काठमाडौं– नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख निर्वाचित भएका छन्।
शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ सभासद्को मतसहित सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो। ५८ सांसद उपस्थित प्रदेशसभा एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सञ्चालन गरेका थिए।
धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरे। प््रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट सरस्वती अर्याल उम्मेदार थिइन्।