काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंगो सदनले आफूप्रति दर्शाएको विश्वासलाई चुनौतीको रुपमा लिएको बताएका छन्। शनिबार ‘भुवन दाइ’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतलाई डगमगाउन नदिइने प्रतिबद्धता जनाए।
‘सिंगो सदन नै सहमत भएर असाधारण उचाइका साथ समर्थन प्राप्त गरेको छु। करिब करिब प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएकाले थप चुनौतीको विषय हो भन्ठानेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
आफू पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको उनको भनाइ छ। ‘म कसैसँग रुखो थिइँन र अहिले पनि छनै। सबैसँग मिलनसारै हो। जनताको मन जित्नेतिर मेरो जोड हुन्थ्यो’, प्रधानमन्त्री प्रचण्डले भने।
२०४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर देशको ४४औं प्रधानमन्त्री बन्न सकेको बताउँदै प्रचण्डले गोरखासहित सिंगो मुलुकको विकासमा ध्यान दिने प्रतिबद्धता जनाए।