काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। शनिबार नेता नेपाललाई भेट्न पौडेल नेकपा एसको पार्टी कार्यालय तीनकुने पुगेका हुन्।
कांग्रेसले राष्ट्रपति चुनावलाई लक्षित गर्दै सत्तारुढ र सत्ताबाहिरका दलका नेतासँग भेटघाट गर्न थालेको छ। राष्ट्रपतिको भाग आफूले पाउने सर्तमा प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसका नेताहरुले दाबी गर्दै आएका छन्। नेकपा एससँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको बताइन्छ।