आइतबार, साउन १२, २०८२

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका हुन्।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

पोखरा– गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा फणीन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन्।

यस्तै, अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा. टकराज गुरुङ रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए।उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो।

सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।

प्रकाशित: Jan 14, 2023| 14:25 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...