आइतबार, साउन १२, २०८२

गण्डकी प्रदेशमा सभामुखको निर्वाचन आज

गण्डकी प्रदेश सभाको सभामुख आज चयन हुने तय भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

पोखरा- गण्डकी प्रदेश सभाको सभामुख आज चयन हुने तय भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन्।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ। सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ। माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। सत्तापक्षको बहुमत भएकाले कांग्रेसबाट सभामुखको उम्मेदवार बन्न कसैले पनि आकांक्षा देखाएका छैनन्।

गण्डकी प्रदेशमा शुक्रबार मात्र मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत  पाएका छन्।

प्रकाशित: Jan 14, 2023| 07:04 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...