आइतबार, साउन १२, २०८२

गठबन्धन सरकार राजनीतिको महाभूकम्प : वामदेव

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको गौतमको दाबी।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको बताएका छन्। पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकार राजनीतिको महाभूकम्प भएको गौतमको टिप्पणी छ।  

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै नेता गौतमले यस्तो बताएका हुन्। उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो? २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो। यसले जनताले कुन दल र कस्ता एजेन्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ।’ 

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको उनले दाबी गरे। सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए।

प्रकाशित: Jan 13, 2023| 16:58 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...