आइतबार, साउन १२, २०८२

केपी ओली कम्युनिस्ट आन्दोलनका लागि खतरा : नेता भुसाल

ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको भुसालको दाबी।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी ओलीको निचोराइमा परेका बौद्धिक व्यक्तित्व वामपन्थी नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गरेका गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एसमा प्रवेश गरेको घोषणा गरेका हुन्। 

भुसालले सैद्धान्तिक र वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी नेकपा एस रहेकाले यो पार्टी रोज्नु परेको दाबी गरे। गत ४ मंसिरको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका भुसालले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्मासँग हार बेहोरेका थिए।

भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष पाँचबुँदे प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई एकीकृत समाजवादीले स्वीकारेपछि उनी पार्टी प्रवेश गरेका हुन्। 

नेता भुसालले भने, ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ। यस्तो अवस्थामा नेकपा एमालेमा रहन सकिनँ।’

एमाले र खासगरी ओलीले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप उनले लगाए। भुसालले भने, ‘व्यावहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घन्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ। एमालेले फेरि पनि असमयमै संसद् विघटन गर्ने धम्की ओली दिए पनि माओवादी हिजोकै अवस्थामा फर्किएको देखियो।’

प्रकाशित: Jan 13, 2023| 16:01 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...