काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसहित तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई सपथ खुवाएका हुन्।
भोजपुरी भाषामा सपथ लिएका मुख्यमन्त्री यादव जसपाबाट बारा १ ‘ख’ बाट निर्वाचित हुन्। मुख्यमन्त्री यादवले तीन सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरेका छन्। नवनियुक्त बिनाविभागीय त्रयमन्त्रीलाई प्रदेश प्रमुख मिश्रले सपथ गराए।
एमालेका सरोजकुमार यादव, जनता समाजवादी पार्टीबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट वसन्त कुशवाहाले पद तथा गोपनीयताको सपथ लिए।